बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा जनता समाजवादी पार्टीले कारबाही गरेका चार जना सांसदहरुको पनि मतदाता नामावलीम नाम समेटेको भन्दै विपक्षी गठबन्धनले विरोध जनाएका छन् ।
विपक्षी गठबन्धनले उक्त कदम निर्वाचन आचार संहिता र निर्वाचन प्रणालीको मान्यता विपरितको कदम भएको बताएको छ । गठबन्धनले एक प्रेस विज्ञप्ती जारी गरी अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न नदिन माग गरेको छ ।
जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई कारबाही गरेपछि पदमुक्त भएका थिए । उनीहरु सर्वोच्च अदालत गएपछि अदालतले पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । हाल मुद्दा विचाराधिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया