चिनियाँ खोप लिन नेपाल वायुसेवाको विमान बेइजिङ जाँदै, ८ लाख डोज खोप ल्याइने

लोकपथ
98
Shares

काठमाडौं । चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदैछ ।

सोमबार नेपाल वायुसेवाको चार्टर विमान बेइजिङ जाने भएको हो ।

गत बुधबार चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसारको खोप लिन विमान बेइजिङ जान लागेको जनाइएको छ ।

१० लाख डोजमध्ये ८ लाख डोज खोप ल्याइने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?