परीक्षण घटेसँग घट्यो संक्रमणदर : थपिए ४३ सय ६९ संक्रमित, ६ हजार बढी संक्रमणमुक्त

लोकपथ
357
Shares

काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा घटाएसँगै कोरोना संक्रमितको संख्यामा समेत कमि आएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पीसीआर विधिबाट १० हजार ९ सय ८६ जनाको परीक्षण गर्दा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप १०९ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ७ हजार २ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको छ । जसमध्ये ७ हजार ५ सय ६३ जना संस्थागत आइसोलेसन र १ लाख १ हजार ३ सय ३४ जना होम आइसोलेसन रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार २ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ८ सय ४, भक्तपुरमा ११३ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?