ब्राउनसुगर सहित २ जना पक्राउ

लोकपथ
91
Shares

झापा । झापा बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौक स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत रहेका छन् ।

शनिवार बेलुका पौने ६ बजे उनीहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?