काठमाडौं । विघटित प्रतिनिधिसभाको पुनःस्थापना र संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग सहित १४६ सांसदले सर्वोच्च अदालतमा हालेको रिटमा आज बहस हुदैछ ।
रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बहस हुने भएको हो ।
दायर गरिएको रिटमा मन्त्रिपरिषद्को सिफारिसमा कात्तिक २६ गते र मंसिर ३ गतेका लागि राष्ट्रपतिद्वारा घोषणा गरिएको चुनाव तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गरिएको । त्यस्तै निर्वाचन आयोगलाई कुनै पनि चुनावी गतिविधि नगर्न र निर्वाचनसम्बन्धी कार्यक्रमसमेत प्रकाशन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्ति गर्न आदेश माग गरिएको छ ।
देउवाले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले)को माधव नेपाल समुह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रतिनिधि सभाको बहुमत १४९ सांसदहरुको हस्ताक्षर गरी जेठ ७ गते राष्ट्रपति कार्यालयमा बुझाएर प्रधानमन्त्रीको दाबी गरेका थिए । तर राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकि थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया