नेपालले विश्व शान्ति स्थापनाका लागि निरन्तर योगदान दिने छ : राष्ट्रपति भण्डारी

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घ शान्ति सेना दिवस(मे २९) अवसरमा शान्ति सैनिकका रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्र सङ्घ परिवारमा शुभकामना दिएकी छिन् ।

उनले आज अपराह्न ट्वीट गर्दै शान्ति स्थापनार्थ खटिने क्रममा शहादत प्राप्त गर्ने शान्ति सैनिकप्रति श्रद्धाञ्जलि दिँदै नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने विश्वास व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?