आज ४ बजे बजेट सार्वजनिक हुने

लोकपथ
0
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने जनाइएको छ ।

बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक गरिने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले बताए ।
संविधानत्: जेठ १५ गते अनिवार्य बजेट ल्याउनुपर्छ । प्रतिनिधि सभा नभएको अवस्थामा यसपटक अध्यादेशमार्फत् बजेट ल्याउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?