आज गणतन्त्र दिवस

लोकपथ
56
Shares

काठमाडौं । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको आजबाट १३ वर्ष पुरा भएको छ ।

बि.सं. २०६५ साल जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो ।

गणतन्त्र दिवसका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विभिन्न राजनीतिक पार्टीका शिर्ष नेताहरुले विज्ञप्तिमार्फत् गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।

गणतन्त्रको स्थापनापछि नेपालमा दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको छ । संविधानले नेपाली जनतालाई प्रशस्त हक, अधिकारहरु दिएको भएपनि गणतन्त्र स्थापना पछिका यतिका वर्षसम्म जनताको जनजीवन उस्तै रहेको भन्दै असन्तुष्टि पनि व्यक्त हुने गरेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?