सरकार बनाउने र गिराउने खेलमा लाग्दा शासन व्यवस्थाप्रति वितृष्णा पैैदा हुनसक्छ : अध्यक्ष तिमिल्सिना

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु सरकार बनाउने र गिराउने खेलमा लाग्दा जनतामा अहिलेको शासन व्यवस्थाप्रति नै वितृष्णा पैैदा हुनसक्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले जनता कोरोना महामारीसँग लडिरहेको अवस्थामा देशका जिम्मेवार राजनीतिक दलहरू सरकार बनाउने र गिराउने खेलमा लाग्दा जनतामा अहिलेको शासन व्यवस्थाप्रति नै वितृष्णा पैदा हुनसक्ने बताएका हुन् । उनले राजनीतिक दलहरुलाई समझदारीका साथ जनताको जीवन रक्षामा केन्द्रीत हुन पनि आग्रह गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले संविधानको कार्यन्वयनले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?