गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता आवश्यक छ : सभामुख सापकोटा

लोकपथ
70
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले गणतन्त्र र संविधानमाथि संकट आइपरेको भन्दै यस परिस्थितिमा जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अm सुदृढ एकता जरुरी रहेको पनि बताए ।

संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्रै गणतन्त्रको औचित्य स्थापित हुने सभामुख सापकोटाको भनाई छ ।

गणतन्त्रलाई संस्थागत गर्नु, संविधानको कार्यान्वयन गर्नु र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्बोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य रहको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?