काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्सहरुमाथि आक्रमण गर्ने लाई कारबाही गर्न माग गरेका छन् ।
भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु निन्दनीय कार्य भन्दै सभापति देउवाले उक्त घटनाको छानविन गरी आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । उनले महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटिरहेको पनि उल्लेख गरेका छन् ।
‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो । यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् ।’ उनले भने ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’
भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्तले चिकित्सकमाथि नै आक्रमण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया