प्रतिनिधि सभा विघटनको विरोधमा भक्तपुरमा प्रदर्शन

RSS
98
Shares

भक्तपुर । प्रतिनिधि सभा विघटनको विरोधमा भक्तपुरका पाँच राजनीतिक दल आन्दोलित भएका छन् ।

सरकारले प्रतिनिधि सभाको विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै भक्तपुरका पाँच राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) माधव नेपाल समुह लगायतका राजनीतिक दलहरुले आज भक्तपुरमा ३ मिनेट ध्वनि सम्प्रेषण गर्दै विरोध प्रदर्शन गरेका नेकपा(एमाले) माधव नेपाल समुहका भक्तपुर जिल्ला अध्यक्ष रजन केसीले जानकारी दिए ।

सरकारको प्रतिगमनकारी कदमको विरोधस्वरुप भक्तपुरस्थित पाँच तले मन्दिर परिसरमा ३ मिनेट घन्टा, सिट्ठी, थाल ठटाएर ध्वनी सम्प्रेषण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?