नेपालको कोरोना अपडेट : ७ हजार २ सय २६ जना संक्रमण मुक्त हुँदा थपिए ६ हजार ९ सय ३९ संक्रमित

लोकपथ
280
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६ हजार ७ सय ३१ र एन्टिजेन विधिबाट २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?