काठमाडौं । हिजो (बुधवार) यस वर्षको पहिलो चन्द्र ग्रहण लागेको थियो । उक्त ग्रहणलाई सुपर ब्लड मुन भनिएको थियो । विश्वका विभिन्न स्थानबाट देखिने भएकाले पनि निकै महत्वपूर्ण र विशेष थियो । चन्द्रमा पृथ्वीको नजिक भएका कारण विश्वका विभिन्न स्थानबाट चन्द्रग्रहणका सुन्दर तस्वीरहरुले चर्चा पाएका छन् ।
चन्द्रग्रहण नेपालबाट भने देखिएको थिएन । नेपालको आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिएको थियो । बुधवारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो ।
हेर्नुहोस् विश्वको विभिन्न ठाँउबाट देखिएको सुपर ब्लड मुनको तस्वीर :










तस्वीर : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया