काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले सरकारले अध्यादेश मार्फत ल्याउन लागेको बजेट कामचलाउ मात्र हुनु पर्ने बताएका छन् । पूर्व अर्थमन्त्रीहरुको समूह पूर्व अर्थमन्त्री मञ्चले एक विज्ञप्ति जारी गर्दै संसद पुनःस्थापनाको मुद्दा अदालतमा बिचाराधिन रहेको बताउँदै यस्तो अवस्थामा सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने समेत बताए ।
पूर्व अर्थमन्त्री मञ्चका सदस्यहरु डा.प्रकाशचन्द्र लोहनी, डा.रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमा पुन रहेका छन् ।
उनीहरुले अहिलेको सरकार बहुमतको नरहेको र कामचलाउ रहेको र संसद विघटनको मुद्दा काम चलाउ रहेको अवस्थामा सरकारले पूर्ण बजेट ल्याउन नहुनेमा जोड दिए ।
संसद नभएको अवस्थामा अध्यादेश मार्फत बजेट ल्याउने विश्वव्यापी मान्यता र प्रचलन बमोजिम अहिलेको परिस्थितीमा पूर्ण बजेट ल्याउन नपाउने बताएका छन् ।
त्यस्तै देश कोरोना संक्रमणको महामारीले आक्रान्त भएका बेला ल्याइने बजेटले कोरोनाविरुद्धको खोपको उपलब्धतालाई प्राथमिकता दिनुपर्ने समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया