मतदातालाई प्रभाव पार्नेगरी बजेट बिनियोजन नगर्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको आग्रह

लोकपथ
84
Shares

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा मतदातालाई प्रभाव पार्नेगरी कुनै नयाँ किसिमको बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिपप्रसाद यादव र कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङले संयुक्त रुपमा वक्तव्य दिदैँ सरकार काम चलाउनको अवस्थामा रहेकाले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही ल्याउनुपर्ने बताएका हुन् । मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन आयोगलाई आफ्नो संवैधानिक दायित्व ख्यालगरी सम्बद्ध पक्षलाई समयमै सजग गराउनेमा विश्वास पनि व्यक्त गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?