मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

RSS
91
Shares

बैतडी । मलामी गएका बैतडीका एक किशोरको मंगलवार महाकाली नदीमा डुबेर मुत्यु भएको छ ।

शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मंगलवार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए ।

बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?