ग्यास चुहावटका कारण चीनमा सात जनाको मृत्यु

लोकपथ
35
Shares
तस्वीर: गूगल

काठमाडौं । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ ।

सोमवार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई स्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृत्यु भएको काउन्टीको प्रचार विभागले मंगलवार जानकारी गराएको छ ।

आगलागीका कारण सात श्रमिक बेहोस बनेका थिए । अधिकारीहरूले हाल दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?