कांग्रेस प्रवक्ता शर्मा कोरोना संक्रमणमुक्त

लोकपथ
4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रवक्ता शर्माले मंगलवार बिहान ट्वीट गर्दै आफुहरु कोरोना संक्रमणमुक्त भएको जानकारी दिए । प्रवक्ता शर्मा सँगै उनको सम्पूर्ण परिवार कोरोना संक्रमित भएका थिए । होम आइसोलेसनमा रहेका सबैको अवस्था सामान्य रहेको प्रवक्ता शर्माले जानकारी दिदैँ आएका थिए । संक्रमित भएपछि प्रवक्ता शर्माले पार्टीको प्रवक्ताबाट समेत बिदा लिएका थिए ।

शर्माले शारीरिक कमजोरी केही समय रहने सम्भावना भएपनि कोरोना संक्रमणमुक्त भएको बताएका छन् । उनले आफुलाई दिईएको सुभेच्छाप्रति आभार प्रकट समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?