कर्णाली प्रदेशमा थप १० कोरोना संक्रमितको मृत्यु

RSS
70
Shares

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा आज १० संक्रमित व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना संक्रमणबा मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा सुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एक÷एक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

“कोरोना संक्रमणबाट सुर्खेतमा सबैभन्दा बढी मानवीय क्षति भएको छ”, निर्देशक खड्काले भने, “आजसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुुम्ला र जाजरकोटमा दुईरदुई र अन्य चार व्यक्तिको मृत्यु कोरोना संक्रमणबाट भएको छ ।” उनको अनुसार मृतकको सङ्ख्यामा कमि आउन सकेको छैन ।

आज कर्णालीमा ५१० व्यक्तिले कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामो सङ्क्रमण पुष्टि भएको बताईएको छ ।

निर्देशनालयका अनुसार आज दुई २९९ संक्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?