काठमाडौं । मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ। वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेपछि संकलनमा रोक लगाइएको हो।
कोरोना भाइरस जोमिख न्यूनीकरण तथा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर रोक लगाइएको निकुञ्ज कार्यालय सङ्खुवासभाका प्रमुख रामदेव चौधरीले जानकारी दिए।
निकुञ्जले विगत वर्षमा यार्सागुम्बा संकलनका लागि जेठको पहिलो साता खुल्ला गर्ने गरेको थियो। निकुञ्ज कार्यालयले यस वर्ष जेठ १० गतेदेखि असार १० सम्म यार्सा संकलन गर्न खुल्ला गरेपनि कोरोना संक्रमण र लकडाउन कारण संकलनमा रोक लगाइएको हो। निकुञ्जको सूचना विपरित यार्सागुम्बा संकलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारबाही गर्ने निकुञ्जका प्रमुख चौधरीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया