कोरोना संक्रमणबाट शनिवार १ सय २९ जनाको मृत्यु,८ हजार ९ सय ८० जना नयाँ संक्रमित थपिए,८ हजार ८ सय ४८ संक्रमण मुक्त ।
कात्तिक २६ र मंसिर ३ मा हुने निर्वाचन सम्पन्न गर्ने गरि तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन, निर्वाचन अपरिहार्य भएकाले मुलुक त्यसतर्फ अघि बढेको प्रष्टोक्ति
प्रतिनिधिसभा विघटनका विरुद्ध राजनीतिक तथा कानुनी लडाइमा उत्रने विपक्षी दलहरूको निर्णय, बिघटन संविधान विपरित भएको ठहर ।
फेरि संसद पुनस्र्थापना हुने माओवादी अध्यक्ष प्रचण्डको भनाई, कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै आपत्ति
संविधानलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तिका रूपमा प्रयोग गरेको भन्दै कांग्रेस सभापति देउवाद्वारा विरोध, राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्यअसंवैधानिक भएको टिप्पणी
प्रतिनिधि सभा विघटन गर्नु संविधानसम्मत भन्दै ओलीको पक्षमा उभियो जसपाको ठाकुर–महतो पक्ष, सरकार बनाउन नसकेपछि ओलीलाई प्रतिगमनकारी, भन्नु गलत भएको दाबी ।
मध्यावधि चुनाव घोषणा भएपछि माओवादीका महासचिव विप्लवले निकाले पाँच बुँदे विज्ञप्ति, संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै जनमत संग्रहको माग
राष्ट्रियसभाको उप निर्वाचनमा आधिकारिक उम्मेदवारलाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै एमालेद्वारा बागमती प्रदेशका १४ सांसदलाई स्पष्टीकरण, पार्टी अनुशासन उल्लंघन गरेको आरोप
राष्ट्रपतिको निर्णय विवादास्पद भएको मानव अधिकार तथा शान्ति समाजको भनाई, कोरोना संक्रमणबाट नागरिकहरु आक्रान्त भएका बेला देशलाई प्रतिनिधिसभा विहिन बनाईनु दुखद भएको टिप्पणी
भारतमा रोजगारी गरी स्वदेश फर्कनेहरु कोरोनाको जोखिममा, कोरोना नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ जिल्लामा पठायो डाक्टरसहितको टोली
चीन सरकारले दिएको स्वास्थ्य सामग्री तातोपानी आइपुग्यो,तीन दिनभित्र सबै सामान गन्तव्यमा पुग्ने भन्सार कार्यालयको भनाई
झापाको एक विवाहबाट गाउँभर फैलिएको कोरोना संक्रमणबाट बेहुला र बेहुलाकी आमाको मृत्यु, गाउँ त्रासमा
भारतको सरकारी एयरलाइन्स कम्पनी एयर इन्डियाको डेटा सर्भरमा साइबर आक्रमण,४५ लाख ग्राहकको डेटा प्रभावित भएको कम्पनीको भनाइ
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना, जालसाझी गरेकोले खारेजीको विचार गरेको निर्वाचन आयोगको प्रष्टोक्ति
स्पेनिश ला लिगा फुटबलमा आज उपाधि टुङ्गो लाग्दै, एथ्लेटिको म्याड्रिडले जित निकाले उपाधि चुम्ने ।
VIDEO
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया