‘प्रतिगमनविरुद्ध अदालत नगए फागुन ११ को फैसलाको अपमान हुन्छ’

लोकपथ
175
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले दोस्रो पटकको संसद विघटनविरुद्ध अदालत जानुपर्नेमा जोड दिएका छन् ।

१४९ जना सांसद सहितको विपक्षी गठबन्धनको दाबीलाई परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको भन्दै कानुनी उपचार खोज्नु पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका थापाले यदि त्यसको विरुद्ध अदालत नगएमा फागुन ११ गतेको फैसलाको अपमान हुने बताए ।

उनले भने-‘१४९सांसदको७६(५)बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन११को सर्बोच्चकै फैसलाको अपमान हुन्छ।’

शुक्रवार विपक्षी गठबन्धनको सरकार गठनका लागि हस्ताक्षर गरेका १४९ जना सांसदहरु संवैधानिक हकको लागि अदालतमा उभिएर कानुनी लडाई लड्न तयार रहनुपर्ने बताए ।

‘अत:राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ’,उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?