काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार नेपाल कोरोनाका कारण हालसम्म ६ हजार २४ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया