काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ६ सय, भक्तपुरमा २ सय २९ जना र ललितपुरमा ४ सय ३ जना गरि काठमाडौं उपत्यकामा थप ३ हजार २ सय ३२ जना संक्रमित थपिएका हुन् ।
हालसम्म काठमाडौं उपत्यकामा मात्रै २ लाख १८ हजार ७ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ८० हजार ७ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म १ हजार ९ सय ३५ जनाले कोरोना संक्रमण कारण ज्यान गुमाएका छन् । काठमाडौं उपत्यकामा अहिले ३६ हजार ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तो छ काठमाडौंको अहिलेसम्मको सम्पूर्ण विवरण :
काठमाडौंमा हालसम्म १ लाख ७२ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ४६ हजार २ सय ८६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
काठमाडौंमा मात्रै अहिलेसम्म १ हजार ३ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । काठमाडौंमा हाल २४ हजार ३ सय ८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको विवरण छ ।
भक्तपुर :
भक्तपुरमा हालसम्म १७ हजार ५ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १२ हजार ४ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
भक्तपुरमा अहिलेसम्म २ सय ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
भक्तपुरमा हाल ४ हजार ७ सय ८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको विवरण छ ।
ललितपुर :
ललितपुरमा हालसम्म २९ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ हजार १३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
ललितपुरमा अहिलेसम्म ३ सय ४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
ललितपुरमा हाल ६ हजार ८ सय ९५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको विवरण छ ।
- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ८८ हजार ६ सय ४८ पुगेको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १९० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै कुल मृतक संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।
- त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ५ सय ४३ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ । भने हाल नेपालमा १ लाख १५ हजार ८ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हाल नेपालमा ९ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया