काठमाडौं । बुर्किनाफासोमा मंगलवार अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ ।
उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो ।
मंगलवार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती गाउँलेको ज्यान लिएका थिए । त्यस्तै उत्तरी राएल क्षेत्रमा सैनिकले गरेको कारबाहीमा परेर १२ जना हतियारधारी मारिएका छन् ।
उनीहरु पनि गाउँलेलाई आक्रमण गर्नका लागि सो क्षेत्रमा पुगेका थिए । त्यस क्रममा सेनाले गरेको कारवाहीमा उनीहरु मारिएका हुन् । मंगलवार बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजारानामा पुगेका हतियारधारीले गरेको हमलामा मारिएका १५ जना स्थानीय गाउँले रहेका बताइएको छ ।
सो प्रान्तमा केही समय यतादेखि जातिय हिंसा शुरु भएको पाइएको छ ।त्यस हिंसामा परेर एक हजार भन्दा बढी नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जनता त्यहाँबाट विस्थापित भएका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया