आजको मौसम : उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना

लोकपथ
84
Shares

काठमाडौं । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनायो ।

त्यसैगरी राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बतायो । उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना पनि रहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात को प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?