कोरोना परामर्शका लागि युवाहरुले ल्याए ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम

RSS
56
Shares

कास्की । पोखरा होम आइसोलेसनमा बसेका महानगरपालिकाका युवाले उनीहरुलाई ध्यानमा राखी ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम शुरु गरेका छन् । पोखरा –२४ मा क्रियाशील हाम्रो कास्कीकोट युवा सञ्जालले सङ्क्रमण तीव्र रुपमा बढ्दै जाँदा परामर्शका लागि नियमित रुपमा चिकित्सकसँग सरसल्लाह कार्यक्रम सञ्चालन गरेको हो ।

कास्कीकोट स्थायी घर भई हाल विभिन्न ठाउँमा कार्यरत चिकित्सकलाई दैनिक रूपमा भर्चुअल उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ । साँझ साँढे ६ देखि ७ बजेसम्मको समय छुट्टयाइएको सो कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दीर्घरोगी तथा अन्य व्यक्तिले आफ्ना स्वास्थ्यसम्बन्धी जिज्ञासा सीधै चिकित्सकसँग राख्न सक्ने सञ्जालका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटीले बताए ।

उनका अनुसार इन्टरनेटको पहुँच नभएका व्यक्तिले पनि तोकिएका नम्बरमा एसएमएस वा फोन सम्पर्क गरी आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको छ । डा सन्तोष अधिकारी, डा किरण बस्ताकोटी, डा नवराज बस्ताकोटी, डा असीम सुवेदी, डा दीपक मल्ल, डा विश्वराज बस्ताकोटीलगायत चिकित्सकले परामर्श दिँदै आएका छन् ।

कोरोना सङ्क्रमित भएर घरमै आइसोलेशनमा रहेका बिरामीले लाभ लिन सकून् भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने सञ्जालका संयोजक हेम सुवेदी बताए । प्रत्यक्ष अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानलमार्फत हेर्न सकून् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमको भिडियो अपलोड गर्ने गरिएको र सोको जानकारी सामाजिक सञ्जालमार्फत दिइएको सञ्जालका प्राविधिक संयोजक इञ्जिनीयर रुद्रप्रसाद अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?