काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनमा दुःख व्यक्त गरेका छन् ।
उनले आज साँझ ट्वीट गर्दै गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्, ‘वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको छ । गीतकार कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया