बनेपामा भोलिदेखि कोभिड समर्पित अस्पताल सञ्चालन हुने

RSS
70
Shares

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० जनगालमा कोभिड समर्पित अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ ।

नगरपालिकाले अस्पतालसँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ ।

नगरपालिकाबाट १५ शय्याको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा चार शैयाको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजनसहितको श्यया हुने छ ।

नगरपालिका र अस्पताल प्रशासनबीच आठबुँदे सम्झौता गरी शुरुमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?