काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजार ६ सय नाघ्यो, काठमाडौंमा मात्रै ३१ हजार बढी

लोकपथ
260
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै ४२ हजार ६ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा ३१ हजार ७३ जना, भक्तपुरमा ४ हजार ७ सय ५३ जना र ललितपुरमा ६ हजार ८ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो । जसमध्ये १९ हजार ४ सय ७४ जनाको पीसीआर र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा सो परिमाणमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप २१४ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ४ हजार ४ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका मृतक नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरिएको शव समेत जोडिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ५५ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका २ हजार ७ सय ३३ , भक्तपुरका ३ सय ४८ र ललितपुरका ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ रहेको छ ।

यसअघि बुधवार नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?