काठमाडौँ- काठमाडौँको शङ्खरापुर नगरपालिका वैशाख २८ गते मङ्गलवार बन्द हुने भएको छ ।
वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिवार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतवार बसेको नगरपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मङ्गलबार नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख सुवर्ण श्रेष्ठले मङ्गलवार एक दिन स्वास्थ्य संस्थाबाहेक नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गरिने जानकारी दिए । बैठकले वडाध्यक्षको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया