निषेधाज्ञाको पूर्ण पालना भयो : जिप्रका

लोकपथ
70
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले आजबाट जारी गरेको निषेधाज्ञालाई जनताले पनि सहिरुपमा पालना गरेको बताएको छ। निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केही भीड देखिए पनि समग्रमा सर्वसाधारणले उक्त कुराको पूर्ण कार्यान्वयन गरेको प्रशासननले बताएको हो। कार्यालयको समयमा केहि भिड भए पनि त्यसलाई स्वाभाविक मानिएको जिल्ला प्रशासन कार्यालयका अधिकारी कालीप्रसाद पराजुलीले बताए।

त्यस्तै सरकारले निषेधाज्ञा जारी गर्नुपूर्व घर फर्किन चाहनेलाई दुई दिनको समय दिएकाले पनि यो पटक अघिल्लो चरणको जस्तो समस्या नभएको उनले बताए।
राजमार्गमै अलपत्र परेका कयौं सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याएको पनि उनले बताए।

उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भए पनि कोही यात्रु अलपत्र परेको पाइए उद्धार गरिने जानकारी दिएका छन् ।

त्यस्तै सवारी पासका लागि प्रशासन कार्यालयमा निकै अघिबाट भिड भएको भन्दै सो कुराको पनि सहजीकरण गर्ने र अत्यावश्यक कामका लागि यात्रुहरुलाई सोधपुछ गरि ट्राफिक प्रहरीसमक्ष आफुहरुले समन्वयन गरेको पनि उनले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?