काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखबीचको सम्झौता भन्ने विषयमा आएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयको आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले उक्त प्रचारप्रसार भ्रमपूर्ण भएको निन्दनीय भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा भट्टराईले विदेशी मामिला जस्तो शंवेदशील विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।
उनले भने- ‘भारतीय ख़ुफ़िया एजेन्सिका प्रमुखसंगको संझौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाईनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। बिदेश मामिला जस्तो संबेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।’
भारतीय ख़ुफ़िया एजेन्सिका प्रमुखसंगको संझौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाईनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। बिदेश मामिला जस्तो संबेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।
— Rajan Bhattarai (@Rajanktm) April 15, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया