प्रधानमन्त्रीलाई गगन थापाको झटारो : ‘शिलान्यास मात्रै गर्ने रहर भए बालुवाटारका धेरै जग्गा खाली छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा काम भन्दा शिलान्यास र उद्घाटनमा रमाएको आरोप लगाएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै प्रक्रिया प्राविधिक प्रक्रिया नपुर्याइकन विभिन्न आयोजनाहरुको शिलान्यास गरेको टिप्पणी गरेका छन् ।

‘शिलान्यास र उद्घाटन गर्ने रहर भए बालुवाटारका धेरै जग्गाहरु खाली छ ।’ सांसद थापाले भने ।

पूर्वमन्त्री समेत रहेका थापाले प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा विकास निर्माणका कामले चामत्कारिक रुपमा काम गरेको भन्ने भनाईप्रति टिप्पणी गर्दै त्यसको आधिकारिकता देखाउन चूनौति दिए ।

यसैगरी मेलम्चीको पानी काठमाडौंमा ल्याउन सरकारले काम गराइमा ढिलासुस्ती भएकोप्रति माफि माग्नुपर्ने बताए । हामीले काठमाडौं बासीलाई पानी खुवाउन ढिला गर्योँ भनेर माफी माग्नु पर्दैन ? उनले भने ।

प्राविधिक पक्षलाई ध्यान नै नदिई प्रधानमन्त्री ओलीले १६५ वटा सडकको एकैपटक उद्घाटन गरेको आरोप लगाएका छन् । ‘१६५ वटा सडक स्वीच खिचेर अन गर्दिनुभयो । त्यतिमात्रै किन एउटा निर्वाचन क्षेत्रमै १० वटा ठोक्दिउँ ।’ उनले भने ।

विभिन्न विकास निर्माणका कामहरुलाई सांसदहरुले सरकारलाई ध्यानाकर्षण गर्न नसकेको बताए ।
‘विभिन्न विकास निर्माणका आयोजनाहरुको निर्माणमा भइरहेको ढिलाईको कामबारे हामीले ध्यानाकर्षण गराउन सकेनौँ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?