एक महिनापछि खुले माल्दिभ्सका विद्यालय

RSS
0
Shares

काठमाडौं । माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कर्फ्यू हटाइएको छ । आज (शुक्रवार)देखि कर्फ्यू हटाइएसँगै त्यहाँको बजार तथा शिक्षण संस्थाहरु खुलेका छन् ।

गत मार्च ४ तारिखदेखि माल्दिभ्सको राजधानी मालेमा कर्फ्यू लगाइएको थियो । त्यहाँको स्वास्थ्य सुरक्षा निकायले कोभिड १९ को संक्रमण बढेको भन्दै मालेमा कर्फ्यू आदेशको घोषणा गरेको थियो ।

राजधानी सहरमा लगाइएको कर्फ्यू गए रातिदेखि अन्त्य गरिएको त्यहाँको स्वास्थ्य सुरक्षा निकायले शुक्रवार जानकारी दिएको हो । बिहीवार साँझ प्रकाशन गरेको सूचनामा बिहीवार राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यू हटाइएको जनाइएको छ ।

कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि त्यहाँ कर्फ्यू लगाइएको थियो । आजदेखि कर्फ्यू हटेपछि त्यहाँका प्राथमिक विद्यालय, नर्सरीहरु, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पूनः सुचारु हुने भएका पनि बिहीवार साँझ प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।

त्यहाँको सरकारले अब राजधानी मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ । माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?