काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलको स्थायी कमिटी सदस्यहरुको बैठक शुरु भएको छ ।
खनाल(नेपाल पक्षको बैठक केहिबेरअघि कलंकीस्थित मेगा पार्टी प्यालेसमा शुरु भएको हो ।
बिहान ११ बजेका लागि बैठक बोलाइएपनि झण्डै डेढ घण्टा ढिला गरी बैठक शुरु भएको हो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले खनाल-नेपाल पक्षका ४ नेताहरुलाई कारबाही गरेका छन् । आजको बैठकमा नेताहरुमाथि गरिएको कारबाहीका विषयमा गम्भीर छलफल गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै खनाल-नेपाल पक्षको चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना रहेको स्रोतले जनाएको छ ।
आजको बैठकमा वरिष्ठ नेताहरु खनाल-नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु सहभागी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया