काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिक तर्फको सदस्यमा जानकीदेवी रामलाई चयन गर्ने निर्णय गरेको छ ।
समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सांसद सानु शिवा पहाडीको मृत्यु भएपछि रिक्त भएको स्थानमा रामलाई चयन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी आन्तरपार्टी निर्देशनमा शिवाको ठाउँमा रामलाई सांसदमा नियुक्त गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेका हुन् ।
केन्द्रीय कमिटीले समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्बरमा रहेकी जानकीदेवीलाई चयन गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो । सांसद सानु शिवाको २८ असोज २०७७ मा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया