आइसोलेसन कक्ष स्थापना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको छ।

कोभिड-१९ को रिपोर्ट पोजेटिभ भएकाहरु समेत सार्वजनिक बसहरुमा यात्रा गरिरहेको भन्दै मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन स्थापना गर्न निर्देशन दिएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल कोभिड-१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्‍यवस्था गरिएको र कोभिड-१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको भन्‍ने खबर आएकोमा सबै प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुको समन्वयमा कोभिड-१९ को चिह्न र लक्षण भएकाहरुको अस्पतालहरुमा र लक्षण नभएकाहरुको आइसोलेसन सेन्टरको व्‍यवस्था गरी १० दिन अनिवार्य आइसोलेसन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?