काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने पार्टीको निर्णयप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट निलम्बन गर्ने अधिकार नभएको जिकिर गरेका छन् । आफूले त्यसबारे पत्र नपाएको साथै पत्र आएमा पनि ओलीलाई त्यस्तो अधिकार नभएको दाबी गरे ।
त्यस्तै नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई पार्टीले पहिल्यै हटाइसकेको र ओली एक गुटको मात्रै अध्यक्ष रहेको आरोप लगाएका छन् ।
पार्टीको हित विपरित काम गरेको भन्दै वरिष्ठ नेता नेपाल र पार्टी उपाध्यक्ष भीम रावललाई पार्टीले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाको लागि निलम्बन गरेको हो । अध्यक्ष ओलीले एक पत्र पठाउँदै स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नभएको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया