बाग्लुङ घटना : दोषीलाई अविलम्ब कारबाही गर्न सरकारसँग गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले बाग्लुङमा होली खेल्ने क्रममा भएको हत्यामा संलग्नहरुलाई अविलम्ब कारबाहीको माग गरेका छन् ।

आइतवार होली खेल्ने क्रममा नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियारको आक्रमण गरी हत्या भएको थियो ।

सोमवार सामाजिक सञ्जालमा लेख्दै नेता थापाले हत्यामा संलग्नहरुलाई कारबाही साथै घाइतेहरुको उपचारको लागि सरकारसँग माग गरेका छन् ।

यस्तै कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै घटनाका दोषीहरुलाई अविलम्ब कारबाहीको माग गरेको छ ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले भनेका छन्व- ‘डिगाड गा.पा.१० बन्देधुरीमा फागु मेला मनाउने क्रममा हिजो भएको घटना क्रूर,अमानवीय र निन्दनीय छ। मेलामा सहभागी ने।का। बागलुङका सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक परियार माथि भएको आक्रमण र हत्यामा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न तथा घाइतेको उपचार गर्न सरकारसँग माग गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?