काठमाडौं । इन्डोनेसियाको एक सरकारी तेल प्रशोधन केन्द्रमा भएको भीषण आगलागीमा परी कम्तिमा ५ जना घाइते भएका छन् । आज (सोमवार) त्यँहाको तेल प्रशोधन केन्द्र बलोंगन रिफाइनरीमा आगलागी हुँदा ५ जना घाइते भएका भएका हुन् ।
आगलागीबाट घाइते तथा हताहती हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रशोधन केन्द्र क्षेत्रमा बसोबास गर्ने ९५० परिवारलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ । आगलागीको खास कारण अझै खुलिसकेको छैन ।

आगो अझै नियन्त्रणबाहिर रहेको र आगो ज्वाला र धुवाँको ठुलो मुस्लो अझै देखिइरहेको बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया