प्रदेश नं १ ले बोलायो प्रदेश सभा बैठक

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभा बैठक चैत २३ गते सोमवार बस्ने भएको छ ।

चैत १ गते अनिश्चित कालका लागि स्थगित गरिएको बैठक सोमवार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

आज (आइतवार) एक सूचना जारी गर्दै प्रदेश नं १ को प्रदेश सभा सचिवालयले जानकारी गराएको हो ।

प्रदेश सभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम बोलाइएको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?