पूर्वयुवराज पारसलाई नागरिक अभिनन्दन गरिने

काठमाडौं । पूर्व युवराज पारस शाहलाई नागरिक अभिनन्दन गरिने भएको छ । ‘राम हनुमान आराधना मण्डल’ तथा ‘२०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियान’ नामक संगठनले संयुक्तरुपमा पारसलाई नागरिक अभिनन्दन गर्ने भएका हुन् ।

हिजो (शनिवार) समितीले पत्रकार सम्मेलन मार्फत् पूर्व युवराज पारस अगामी चैत १८ गते सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको र सोही अवसरमा नागरिक अभिनन्दन गरिने जानकारी दिएका छन् ।

अभिनन्दनका लागि डा. देवनारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति सेमत गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा अभियानका केन्द्रिय संयोजक किशोरी महतोले पूर्व यूवराज पारस जिल्लाको भारदहस्थित कंकालिनी मन्दिर, हनुमान नगरस्थित हनुमान मन्दिर लगायतका धार्मिक स्थलको दर्शनमा पहिले सहभागि भएपछि कंचनरुप नगरपालिकाको बरमझिया खेल मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय भएको छ । कार्यक्रममा युवराज्ञी हिमानी शाहसमेतको सहभागिता रहने सम्भावना रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा राम हनुमान आराधना मण्डलका अध्यक्ष रामेश्वर यादवले समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिँदै उक्त अवसरमा विभिन्न स्थानका साधुसन्त लगायत गरि १० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?