महन्थ ठाकुरलाई प्रचण्डको ‘रिक्वेस्ट’: ‘हामी मिलौँ, किन ओली कहाँ धाउनुहुन्छ ?’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई सत्ता सहकार्यका लागि आग्रह गरेका छन्।

शनिवार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन’ को  कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले महन्थ ठाकुरलाई आफूहरूसँग सत्ता सहकार्य गर्न आग्रह गरेका हुन्। उनले भने, ‘हामी मिलौँ, हप्ता दश दिनमा सरकार बन्छ महन्थजी, अनि सबै माग पुरा गर्नुस् ।’

संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको उल्लेख गर्दै उनले भने, ‘तपाईले मलाई चिन्नु नै भएको छ,  मैले संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हो तर प्रधानमन्त्री ओलीले त्यो पास हुन नदिएको कुरा पनि तपाईंलाई थाहा छ  । अनि दिनका दिन उहाँ कहाँ किन धाइरहनु भएको छ।’

मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?