काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा) का नेता रेशम चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेटघाट गरेका छन् ।
अहिले सरकार र जसपाबीच विभिन्न सर्तसहित वार्ता भइरहेको छ । जसपाले सरकारसँग राखेको ५ सर्तमध्ये कारागारमा रहेका आफ्ना सांसद चौधरीलाई छुटाउने माग पहिलो नम्बरमा राखेको छ । यसैबीच प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका नेता बस्नेतले कारागारमै गएर चौधरीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमाले र जसपाबीच भएको वार्ता सहमती नजिक पुगेको कारण चौधरीलाई भेट्न आफू कारागार पुगेको बस्नेतले लोकपथलाई बताए । यो भेटले चौधरीमाथि लागेको मुद्धा टुङ्ग्याउन सरकारको पहल सकारात्मक रहेको सन्देश दिएको नेता बस्नेतको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया