भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ । त्यहाँ संक्रमित हुनेको संख्यामा वृद्धि भएसँगै नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको हो ।

संक्रमितबाट संकलन गरिएका नमूनामा नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो नयाँ भेरियन्टमा दुईवटा म्युटेसन भएका भेरियन्ट एकै ठाउँमा आएको बताइएको छ ।

भारतका १९ राज्यमा संकलन गरिएका १० हजार ७८७ नमूनामा ७७१ जनामा फेला परेको हो । त्यस्तै बेलायतमा ७३६ जना, दक्षिण अफ्रिकामा ३४ जना र ब्राजिलमा एक जनामा नयाँ भेरियन्ट पनि फेला परेको छ ।

नयाँ​ भेरियन्ट थप संक्रामक बनेको वा यसमाथि खोपले कति असर गर्छ भन्नेबारे अध्ययन गरिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले यही भेरियन्टकै कारणले मात्र भारतमा संक्रमितको सङ्ख्या नबढेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?