काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा खतराको कालो बादल मडारिरहेको टिप्पणी गरेका छन् ।
बुधवार नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् ।
नेपाली राजनीति गम्भीर मोडमा आएको बताउँदै नेपाली जनताले राजनीतिक चेतनालाई दह्रोसँग अगाडी बढाउन नसकेमा खतरा हुने बताए ।
प्रचण्डले भने- “अझै पनि खतराको कालो बादल मडारिराखेकै छ, आकाशमा । नेपाली जनताले आफ्नो चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ,” ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालीहरुको अधिकार कुण्ठित भएको बताउँदै नेपालीहरुको निर्णय अधिकार खोसिएको आफूलाई महसुस हुन थालेको टिप्पणी गरे ।
“नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरिह नै रहन्छौ भन्न पो खोजिएको हो ? तिमीहरु बढी गर्यौ भने परिणाम भोग्न तयार होऊ भनेर धम्कीको आउन थालेको हो कि ? तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ ।” प्रचण्डले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया