काठमाडौं । सन् २००० मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयासमा संलग्न १४ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । हिजो (मंगलवार) बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ जना इस्लामिक चरमपन्थी लडाकु हुन् ।
सजाय सुनाइएका १४ जना मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँच जना फरार छन् । सन् २००० मा हसिनाको हत्याको प्रयासमा बम आक्रमण गरेका १४ जनालाई राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको त्यहाँका विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यान बताएका छन् । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताएका छन् । हसिनाको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले उनको हत्याको प्रयास गरेको थियो ।
हसिनाले भाषण गर्ने ठाँउमा उक्त बम राखिएको थियो तर त्यसलाई सेनाले पहिल्यै सो बम निस्क्रिय बनाएको थियो । सन् २०१८ मा हसिनाको पार्टी अवामी लिगले बंगलादेशको आम निर्वाचनमा जित हात पारेको थियो । यो हसिनाको प्रधानमन्त्रीको चौथो कार्यकाल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया