काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीले सोधेको स्पष्टीकरण दिने वा नदिने विषयमा बुधवार (आज) टुंगो लगाउने भएको छ ।
पार्टीको हित विपरित काम गरेको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणका विषयमा के गर्ने भन्ने विषयमा आज टुंग्याउन लागेको हो ।
स्पटीकरणका लागि दिएको अन्तिम समय आजै भएकाले त्यसबारे निर्णयका लागि नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन् । तर नेताहरुबीच स्पष्टीकरण दिने वा नदिने भन्ने विषयमा दुई खाले धारणाहरु आएका छन् । सबै नेताहरुबीच एकैखाले धारणा बनाउनका लागि नेताहरु छलफलमा जुटेको स्रोतले जनाएको छ ।
केही नेताहरु पार्टी अध्यक्ष ओलीले आफूखुसी निर्णय गरेर विधान मिचेको बताउँदै प्रतिस्पष्टीकरण सोध्ने समेत धारणा बनाएका छन् ।
गत सोमवार ओलीले महासचिव ईश्वर पोखरेलमार्फत् वरिष्ठ नेता नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई केही साझा र केही अलग प्रश्नसहित स्पष्टिकरण पत्र पठाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया